अरुण भ्याली हाइड्रोपावरको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन « Arthapath.com
१६ असार २०७८, बुधबार

अरुण भ्याली हाइड्रोपावरको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं । अरुण भ्याली हाइड्रोपावरको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन हो ।

हाइड्रोपावरले असार ९ गतेबाट ल्याएको अवितरित सर्वसाधारण समूहतर्फको ४ लाख ३५ हजार ८ सय ९४ कित्ता शेयर लिलामी प्रकृयाबाट बिक्री खुल्ला गरेको थियो । न्युनतम १ सय रुपैयाँ वा बढि मुल्य अंकित गरी शेयरमा आवेदन दिने इच्छुकले आज कार्यलय समयभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्ने कम्पनिले जनाएको छ ।

आज हाइड्रोपावरको शेयर प्रतिकित्ता ४ सय ३९ रुपैयाँ हाराहारीमा कारोबार भैरहेको छ ।कम्पनिले गएको बैसाख ६ देखि जेठ २ गतेसम्म चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद बिक्री खुला गरेको थियो । सो हकप्रदमा अवितरित भएको शेयर लिलाम बढाबढमा बिक्रीमा ल्याइएको हो ।

शेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । बोलपत्र विक्री प्रबन्धकसँगै मुक्तिनाथ विकास बैंकका शाखा कार्यालय भक्तपुर, कुमारीपाटी, नागढुंगा, नारायणगढ, सुर्खेत, नेपालगञ्ज, धनगढी र जनकपुर साथै अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनी थापाथली, काठमाडौंमा पेश गर्न सकिने कम्पनिले जनाएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्