उतार चढावका विच ४ अंकले घट्यो सेयर बजार, ५ अर्ब ८३ करोडको कारोबार « Arthapath.com
१६ असार २०७८, बुधबार

उतार चढावका विच ४ अंकले घट्यो सेयर बजार, ५ अर्ब ८३ करोडको कारोबार



काठमाडौं । सेयर बजार उतार चढावकाविच ओरालो लागेकोे छ । आज सेयर बजार ४।१३ अंकले घटेर २८ सय २३.८७ अंकमा पुगेर बन्द भएको छ । हिजो ४७ अंकले घटेको थियो ।

आज दिनभर दुई सय २० कम्पनीका एक करोड ६२ लाख कित्ता शेयर पाँच अर्ब ८३ करोड रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै नेपाल इन्स्योरेन्स कम्पनीको ३० करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

आज विकास बैंक, जलविद्युत्, फाइनान्स, निर्जीवन बीमा, उत्पादन र अन्य समूहका लगानिकर्ताले कमाएका छन भने बैंकिङ समूहका शेयर चार अङ्कले, व्यापारको २२ अङ्कले, होटल समूहको ५०, माइक्रो फाइनान्सको ४७, जीवन बीमा समूहको एक सय १२ र लगानी समूहको शेयर एक सय पाँच अङ्कले ओरालो लागेको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्