इसेवा मनि ट्रान्स्फर र रिया मनी ट्रान्स्फरबीच डिजिटल रेमिट्यान्स भुक्तानी सम्झौता « Arthapath.com
१६ असार २०७८, बुधबार

इसेवा मनि ट्रान्स्फर र रिया मनी ट्रान्स्फरबीच डिजिटल रेमिट्यान्स भुक्तानी सम्झौता



काठमाडौं । विश्वकै अग्रणी रेमिट्यान्स् सेवा प्रदायक तथा युरोनेट वल्र्डवाइड इंकको सब्सिडायरी कम्पनी रिया मनी ट्रान्स्फर र एफवानसफ्टको भगिनी कम्पनी इसेवा मनी ट्रान्स्फरबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । यो सम्झौतासँगै नेपालीहरूले रियाको संजालमा रहेका विश्वका १ सय ६० देशका ४ लाख ७५ हजार भन्दा धेरै स्थानहरूबाट सहजै इसेवा वालेटमा रेमिट्यान्स् पठाउन सक्नेछन् ।

सम्झौताले रिया मनी ट्रान्स्फरले विश्वभर रेमिट्यान्स्कोे डिजिटल भुक्तानीका लागि गरिरहेकोे प्रयासलाई थप सहयोग पुर्याएको छ र डिजिटल रेमिटेन्स सेवाको बढ्दो महत्वलाई अझ बढि मान्यता दिएको छ । यसले ‘डिजिटल भुक्तानी इकोसिस्टम’ तिब्र रूपमा निर्माण भएका नेपालजस्ता देशहरुमा रेमिट्यान्स्कोे क्षेत्रमा ठुलो सहयोग पुग्नेछ । रियासँग अब नेपालको पहिलो र अग्रणी डिजिटल वालेट सेवा प्रदायक इसेवाका ४२ लाख बढि ग्राहकसम्म पहुँच हुनेछ ।

रिया मनि ट्रान्स्फरका ग्लोबल सिईओ शौन फिल्डरले ‘हामी नेपालमा इसेवा मनी ट्रान्स्फरसँग साझेदारी गर्न पाउँदानिकै उत्साहित छौँ । हाम्रो सहकार्यले यस क्षेत्रमा नयाँ अवसरहरु ल्याउनेछ र सुलभ, सुविधाजनक र किफायति रेमिट्यान्स् सेवा मार्फत प्रवासी समुदायलाई सहयोग गर्ने हाम्रो प्रतिवद्धतालाई जारी राख्न सहयोग पुर्याउने बताएका छन ।

एफवान सफ्ट इन्टरनेशनलका अध्यक्ष विश्वास ढकालले अन्तरदेशीय रेमिट्यान्स्मा विश्वको अग्रणी कम्पनीरियासँग साझेदारी गर्नु २००९ देखि नेपालमा दिगो डिजिटल भुक्तानी इकोसिस्टम निर्माण गर्ने हाम्रो यात्राको महत्वपूर्ण कोसेढुङ्गा हो । हामी वैकल्पीक भुक्तानी सेवाहरू प्रदान गर्ने र वित्तीय सेवामा अधिक पहुँच पुर्याउने मात्र होइन विश्वभरी रहेका नेपालीहरूका लागि पैसा पठाउँदा लागत घटाउने दिशामा काम गर्न उत्साहका साथ लाग्ने बताएका छन ।

यस सहकार्यले नेपाललाई फिन्टेकमा आधारित रेमिटेन्स सेवाका लागि उदयीमान बजारका रूपमा स्थापित गरेको छ जहाँ, डिजिटल रेमिट्यान्स्ले जटिल भूगोल र ३ करोड जनसंख्यालाई परम्परागत किसिमको रेमिट्यान्स् कारोबारमा भइरहेका चुनौतीहरुको समाधान गर्न महत्वपूर्ण भूमिका खेल्नेछ ।

युरोनेट वल्र्ड वाइड इंकको सब्सिडायरी कम्पनी रहेको रिया रेमिटेन्स् उद्योगमा विश्वको अग्रणी कम्पनीहो । रिया आफ्ना ग्राहकहरु र उनीहरूको समुदाय प्रति आफ्नो प्रतिवद्धतामा दृढ छ र १ सय ६० देशका ४ लाख ७५ हजार बढि स्थानहरूको सञ्जाल नेटवर्क मार्फत दु्रत, सुरक्षित र किफायति रूपमा रेमिट्यान्स् सेवा पुर्याउँदै आएको छ । त्यसैगरी इसेवा मनि ट्रान्सफरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवा वालेट प्रयोगकर्ताहरुको र ६५ भन्दा बढी बैंक खातामा विपे्रषण रकम भित्राउँदै आएको छ । इसेवा मनि ट्रानसफरले आफ्ना सेवाग्राहीहरुलाई ८००० भन्दा बढी एजेन्ट सञ्जालमार्फत पनि विपे्रषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्