आइएमई जनरल इन्स्योरेन्स र शंखरापुर नगरापालिका बिच भयो यस्तो सम्झौता « Arthapath.com
१७ असार २०७८, बिहीबार

आइएमई जनरल इन्स्योरेन्स र शंखरापुर नगरापालिका बिच भयो यस्तो सम्झौता



काठमाडौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र शंखरापुर नगरपालिका बिच नगरवासीको भौतिक सम्पत्ति, बालिनाली, पशुपन्छी तथा कृषकहरुको व्यक्तिगत दुर्घटना बीमा गराउने सम्बन्धमा सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र शंखरापुर नगरपालिकाको तर्फबाट नगर प्रमुखसुवर्ण श्रेष्ठले हस्ताक्षर गरेका छन ।

उक्त सम्झौता पश्चात शंखरापुर नगरपालिकामा रहेका सम्पूर्ण कृषकहरुले आफनो पशुपन्छी तथा बालिनालीको बीमा ढुक्कसँग आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट गर्नसक्ने छन् भने नगरवासीको भौतिक सम्पत्ति, कृषकहरुको बालिनाली, पशुपन्छी तथा कृषकहरुको व्यक्तिगत दुर्घटना बीमा गराउने प्रतिवद्धता सहित काठमाण्डौँ जिल्लामा नै नमूना नगरापालिकाको रुपमा आफूलाई स्थापित गरेको छ ।

कार्यक्रममा बोल्दै सोही अवसरमा नगर प्रमुख सुवर्ण श्रेष्ठले आफूले आफना नगरावासी कृषकहरुले पशुपन्छी, बालिनालीको बीमा पश्चात कुनै कृषक दाजुभाई तथा दिदी बहिनीको बीमा गरिएको कुनै पनि सम्पत्तिको हानी नोक्सानी भएमा सो को क्षतिपूर्ति तुरुन्त प्राप्त गर्न नगरपालिकाले आइएमई जनरल इन्स्योरेन्स लिमिटेडसँग सम्झौता गरी व्यवस्था मिलाएको हुनाले कृषकहरुले अफनो सम्पत्तीको बीमा गरी ढुक्क भएर पशुपन्छी पालन लयागत कृषि उपजमा व्यक्तिगत र व्यावसायिक रुपमा लगानी गरी उत्पादन पढाउन अनुरोध गरेका छन ।

Tags :

प्रतिक्रिया दिनुहोस्