४०१७ जना निको भए, थप २७६० जनामा कोरोना संक्रमण « Arthapath.com
१७ असार २०७८, बिहीबार

४०१७ जना निको भए, थप २७६० जनामा कोरोना संक्रमण



काठमाडौं । आज बिहिबार ४ हजार १ सय १७ जना कोरोना संक्रमणमुक्त भएका छन । यो संगै कोरोना संक्रमित हुनेको संख्या ६ लाख १ सय ४९ पुगेको छ । हाल देशभर ३१ हजार ३ सय ६८ जना सक्रिय संक्रमित रहेका छन ।

त्यसैगरी वितेको २४ घण्टामा थप २७ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पिसीआर विधिबाट १८ सय ५७ जना र एन्टिजेन विधिबाट ९०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै कोरोना संक्रमित हुनेको संख्या ६ लाख ४० हजार ६ सय ६२ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा थप ३३ जना कोरोना संक्रमितको मुत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ हजार १ सय ४५ पुगेको छ । देशभर ३ सय ४५ जना क्वारेन्टिनमा रहेका छन ।

Tags :

प्रतिक्रिया दिनुहोस्