शुक्रबार ३४५१ जना कोरोना संक्रमणमुक्त भए, २२९९ जनामा कोरोना संक्रमण « Arthapath.com
१८ असार २०७८, शुक्रबार

शुक्रबार ३४५१ जना कोरोना संक्रमणमुक्त भए, २२९९ जनामा कोरोना संक्रमण



काठमाडौं । शुक्रबार ३ हजार ४ सय ५१ जना कोरोना संक्रमणमुक्त भएका छन । यो संगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ३६ हजार पुगेको छ । हाल देशभर २९ हजार २ सय ७४ जना संक्रिय संक्रमित रहेका छन ।

त्यसैगरी वितेको २४ घण्टामा थप २ हजार २ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पिसिआर विधिबाट १ हजार ३ सय ९१ र एन्टीजेन विधिबाट ९ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै कोरोना संक्रमित हुनेको संख्या ६ लाख ४२ हजार ५३ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३४ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ हजार १ सय ७९ जना पुगेको छ । हाल देशभर २ सय ९९ जना क्वारेन्टीनमा रहेका छन ।

Tags :

प्रतिक्रिया दिनुहोस्