नागरिक लगानी कोषको २६ औ वार्षिकोत्सव सम्पन्न, ९ प्रतिशत बोनस सेयर पारित « Arthapath.com
१८ असार २०७८, शुक्रबार

नागरिक लगानी कोषको २६ औ वार्षिकोत्सव सम्पन्न, ९ प्रतिशत बोनस सेयर पारित



काठमाडौं । नागरिक लगानी कोषले २६ औं वार्षिक साधारणभा सम्पन्न भएको छ । साधारण सभाले ९ प्रतिशत बोनस सेयर र ८ दशमलव ८९४७ प्रतिशत नगद लाभांस वितरण गर्ने पस्ताव पेश गरेको छ ।

त्यसैगरी साधारण सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन माथी छलफल गरी पारित गरेको छ भने लेखापरीक्षकको प्रतिवेदन सहितको २०७७ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरणमा छलफल गरी पारित गरेको छ ।

कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक रमण नेपालले कोषको बस्तुस्थिती बारे जानकारी दिएका थिए ।
कोषले चालु आर्थिक बर्षको जेठ मसान्तसम्ममा १ खर्व ७२ अर्व रकम संकलन र १ खर्व ७१ अर्व ९७ करोड लगानी गरेको छ ।

कोषको आर्थिक वर्ष २०७६/७७ को खुद नाफा ६१ करोड ९६ लाख ७० हजार कमाएको छ भने खुद नाफा मध्ये बाँडफाँड योग्य रकम ५५ करोड ३६ लाख ७२ हजार रहेको छ ।

साधारण सभा कोरोना भाइरस संक्रमणको असरलाई मध्यनजर गदै भर्चुअल रुपमा सम्पन्न भएको थियो ।

Tags :

प्रतिक्रिया दिनुहोस्