सहकारी व्यवसायमा बाधा पुर्याउने कानुन संशोधन हुन्छ :मन्त्री श्रेष्ठ « Arthapath.com
२० असार २०७८, आईतवार

सहकारी व्यवसायमा बाधा पुर्याउने कानुन संशोधन हुन्छ :मन्त्री श्रेष्ठ



काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री लिलानाथ श्रेष्ठले गरिबी निवारण, महिला सशक्तिकरण र रोजगारी सिर्जनामा सहकारीको योगदान महत्वपूर्ण रहेको बताएका छन । ९९ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा राष्ट्रिय सहकारी महासंघले शनिवार आयोजना गरेको बोल्दै कार्यक्रममा सहकारीको विकासमा अवरोध गर्ने कानुन संशोधन गर्ने विषयमा आफ्नो प्राथमिकता रहने श्रेष्ठले बताए ।

‘सहकारी व्यवसायलाई बाधा पु¥याउने ४७ वटा ऐनहरु सहकारीमैत्री बनाउनमा आप्mनो तहबाट भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गर्दछु,’ उनले भने, ‘राज्यले सहकारीलाई काम गर्ने वातावरण दिने हो, त्यसमा हामी लाग्नेछौं ।’ राज्यलाई सहकारीको सहयोग आवश्यक रहेको र निरन्तर सहयोगको अपेक्षा गरेको बताएका छन ।

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव टेकनारायण पाण्डेले ग्रामीण क्षेत्रमा अभैm सहकारी विस्तार आवश्यक रहेको बताउँदै सहकारी धेरै भएको ठाउँमा एकीकरण र नपुगेको ग्रामीण क्षेत्रमा सहकारी संस्था विस्तार गर्नुपर्ने बताएका छन ।गरिबी न्यूनिकरणमा सहकारीको योगदानको प्रशंसा गर्दै सचिव पाण्डेले ग्रामीण क्षेत्रमा सहकारी अभियान व्यवसायिक बन्नु पर्ने कुरामा जोड दिएका छन ।

सहकारीले राम्रा काम गर्दागर्दै पनि केही कमजोरीहरु पनि रहेको बताउँदै सचिव पाण्डेले सहकारीहरुले गरेको कमजोरीको रिर्पोट मन्त्रालयसम्म आउने गरेको बताउनुभयो । साथै उहाँले सहकारीको गरेको असल अभ्यास अन्य सहकारीहरुले पनि अनुशरण गर्नुपर्नेमा जोड दिएका छन ।

महासंघका अध्यक्ष मिनराज कंडेलको अध्यक्षतामा सम्पन्न सो समारोहमा महासंघका निर्वमान अध्यक्ष एवं पूर्वमन्त्री केशव प्रसाद बडाल, आइसीए ग्लोबल बोर्ड सदस्य तथा महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल,उपाध्यक्ष रमेश प्रसाद पोखरेल लगायतका सहकारी अभियानका अग्रणी व्यक्तित्वहरुले आ–आप्mनो मन्तव्य व्यक्त गरेका थिए ।

गकार्यक्रममा उद्योग वाण्ज्यि तथा आपुर्ति मन्त्रालयकी सह सािवच चन्द्र कला पौडेलले पुननिर्माणमा संयुक्त पहल भन्ने विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

बाँस्कोटालाई राष्ट्रिय सहकारी पुरस्कार
नेपालको सहकारी अभियानको अग्रणी व्यक्तित्व दिपक प्रकाश बाँस्कोटालाई राष्ट्रिय सहकारी महासंघले अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसर पारेर ‘राष्ट्रिय सहकारी पुरस्कार’ बाट सम्मान गरेको छ । महासंघले प्रत्येक बर्ष राष्ट्रिय सहकारी दिवसको अवसरमा पुरस्कारको घोषणा गर्दछ भने अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा पुरस्कार वितरण गर्ने गर्दछ । यसै सन्दर्भमा शनिवार महासंघले बास्कोटालाई सम्मान गरेको हो । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री लिलानाथ श्रेष्ठले नगद पचास हजार सहित उहाँलाई सो पुरस्कारबाट पुरस्कृत गर्नु भएको हो ।

Tags :

प्रतिक्रिया दिनुहोस्