आइतबार १६ लाख ६७ हजार ७६८ कित्ता बोनस शेयर नेप्सेमा सुचिकुत, कुनको कति ? « Arthapath.com
२० असार २०७८, आईतवार

आइतबार १६ लाख ६७ हजार ७६८ कित्ता बोनस शेयर नेप्सेमा सुचिकुत, कुनको कति ?



काठमाडौं । आज आइतबार नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा १६ लाख ६७ हजार ७ सय ६८ कित्ता बोनस सेयर सुचिकुत भएको छ ।


सांग्रिला डेभलपमेन्ट बैंकको चुक्ता पूँजीको ५ प्रतिशत र मिर्मिरे लघुवित्तको ९.१९९८ प्रतिशत बोनस शेयर नेप्सेमा सुचिकुत भएको हो । जसमा सांग्रिला बैंककोको चुक्ता पूँजीको ५ प्रतिशतले हुने १३ लाख ३ हजार ३२० दशमलव २० कित्ता र मिर्मिरे लघुवित्तको ९.१९९८ प्रतिशतले हुने ३ लाख ६४ हजार ४४८ दशमलव ३५ कित्ता बोनस सूचीकृत भएको छ ।

गएको चैत २३ गते सम्पन्न भएको साधारण सभाले सांग्रिला डेभलपमेन्ट बैंकको ५ प्रतिशत लाभांश पारीत गरेको थियो । त्यसैरी मिर्मिरेको चैत १८ गते सम्पन्न साधारण सभाले ९ प्रतिशत लाभांश दिने प्रस्ताव पारीत गरेको थियो ।

https://www.arthapath.com/wp-admin/post.php?post=43103&action=edit

Tags :

प्रतिक्रिया दिनुहोस्