आइतबार १६०३ जनामा कोरोना संक्रमण, २५५२ जना निको भए « Arthapath.com
२० असार २०७८, आईतवार

आइतबार १६०३ जनामा कोरोना संक्रमण, २५५२ जना निको भए



काठमाडौं । आज आइतबार १ हजार ६ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०४२ पिसीआर विधिबाट र ५६१ जनामा एन्टिजेन विधिबाट गरीएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो । हाल देशभर २६ हजार १ सय ७९ जना आईसोलेसनमा रहेका छन ।

त्यसैगरी वितेको २४ घण्टामा थप २ हजार ५ सय ५२ जना कोरोना संक्रमणमुक्त भएका छन । यो संगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ९ हजार २ सय १८ जना पुगेका छन ।

पछिल्लो २४ घण्टामा थप २७ जनाको कोरोन संक्रमणबाट ज्यान गएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ हजार २ सय २५ पुगेको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्