मंगलबार ५.२४ अंकले ओरालो लाग्यो नेप्से, ४ अर्ब ४२ करोडको कारोबार « Arthapath.com
२२ असार २०७८, मंगलवार

मंगलबार ५.२४ अंकले ओरालो लाग्यो नेप्से, ४ अर्ब ४२ करोडको कारोबार



काठमाडौं । मंगलबार नेप्से ५.२४ अंकले घटेको छ । आज नेप्से ५ अंकले घटेर २८ सय १८.११ अंकमा पुगेर बजार बन्द भएको हो ।

दिनभर २ सय २० कम्पनिको १० करोड १ लाख ३५ हजार २ सय ९ कित्ता शेयर ४६ हजार ३ सय १० पटक किनबेच हुदा ४ अर्ब २२ करोड ४० लाख १८ हजार २ सय ५५ रुपैयाँको कारोबार भएको छ ।

आज बैंक,निजीवन विमा समुह, माईक्रोफाइनान्स, र लाइफ इन्स्योरेन्स समुहका लगानिकर्ताले कमाएका छन भने अरु सबै समुहका लगानिकर्ताले गुमाएका छन ।

आज सबैभन्दा बढि हाईडोपावर समुहका लगानिकर्ताले गुमाएका छन । आज हाईडोपावर समुह ४८.०३ अंकले घटेको छ । त्यसैगरी व्यापार समुह ३९ अंकले ओरालो लागेको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्