बुधबार थप २९७९ जनामा कोरोना संक्रमण, १३३३ जना कोरोना संक्रमणमुक्त भए « Arthapath.com
२३ असार २०७८, बुधबार

बुधबार थप २९७९ जनामा कोरोना संक्रमण, १३३३ जना कोरोना संक्रमणमुक्त भए



काठमाडौं । बुधबार पछिल्लो २४ घण्टामा थप २ हजार ९७९ जनाको कोरोना संक्रमण पुष्टि भएको छ । पिसिआर विधिबाट ७८३५ र एन्टीजे विधिबाट ४०६३ गरी कुल ११ हजार ८९८ जनाको कारोना परिक्षण गर्दा २ हजार ९ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो संगै कोरोना संक्रमित हुनेको संख्या ६ लाख ५० हजार १ सय ६द्द जना पुगेको छ ।

त्यसैगरी वितेको २४ घण्टामा १ हजार ३ सय ३३ जना कोरोना संक्रमणमुक्त भएका छन । यो संगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख १४ हजार ३ सय २७ पुगेको छ । हाल देशभर २६ हजार ५ सय ४४ जना आईसोलेसनमा रहेका छन ।

गत २४ घण्टामा थप २८ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ हजार २ सय ९१ पुगेको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्