शुक्रबार फेरी सुन तोलामा १ सयले बढ्यो, चाँदी घट्यो « Arthapath.com
२५ असार २०७८, शुक्रबार

शुक्रबार फेरी सुन तोलामा १ सयले बढ्यो, चाँदी घट्यो



काठमाडौं । साताको अन्तिम दिन आज शुक्रबार सुन १ सयले बढेको छ । आज सुन तोलामा १ सयले बढेर छापावाला सुन प्रतिता्ला ९२ हजार ४ सय र तेजावि सुन ९१ हजार ९ सयमा कारोकार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी आज चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो विहिबार १ सयले बढेर छापावाला सुन प्रतितोला ९२ हजार ३ सय र तेजावि सुन प्रतितोला ९१ हजार ८ सय र चाँदीको मुल्य भने तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय १० रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार सुन तोलामा ४ सयले रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ९२ हजार २ सय र तेजावि सुन प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी चाँदीको मुल्य १० रुपैयाँले बढेर तोलामा १ हजार ३ सय २० रुपैयाँ पुगेको थियो ।

मंगलबार छापावाला सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ, तेजावी ९१ हजार ३०० रुपैयाँ र चाँदी १ हजार ३३० रुपैयाँमा कारोबार भएको थियो ।

Tags :

प्रतिक्रिया दिनुहोस्