शुक्रबार २२३९ जनामा कोरोना संक्रमण, २० जनाको ज्यान गयो « Arthapath.com
२५ असार २०७८, शुक्रबार

शुक्रबार २२३९ जनामा कोरोना संक्रमण, २० जनाको ज्यान गयो



काठमाडौं । शुक्रबार थप २ हजार २ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पिसिअर परिक्षण विधिबाट ६ हजार ६ सय ५ठ र एन्टीजेनविधिबाट ४ हजार ६ सय ६५ जनाको परिक्षणमा २ हजार २ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै कोरोना संक्रमित हुनेको संख्या ६ लाख ५२ हजार ८ सय ५९ जना पुगेको छ ।

कोरोना संक्रमणबाट पछिल्ले २४ घण्टामा थप २० जनाको मुत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट मुत्यु हुनेको संख्या ९ हजार ३ सय ४० जना पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा १ हजार ३ सय १३ जना कोरोना संक्रमणमुक्त भएका छन । यो संगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख १६ हजार ९ सय २९ जना पुगेको छ । हाल देशभर २६ हजार ५ सय ९० जना संक्रिय संक्रमित रहेका छन ।

Tags :

प्रतिक्रिया दिनुहोस्