सोमबार शेयर बजारमा पहिरो, ४५.०६ अंकले ओरालो लाग्यो « Arthapath.com
२८ असार २०७८, सोमबार

सोमबार शेयर बजारमा पहिरो, ४५.०६ अंकले ओरालो लाग्यो



काठमाडौं । हिजो आइतबार ७४ अंकले बढेको नेप्सेमा आज पहिरो गएको छ । नेप्से आज ४५।०६ अंकले ओरालो लागेको छ । आज म्चुअल फन्डबाहेक सबै समुह घटेर राताम्मे भएको छ ।

४५.०६ अंकले घटेर २८ सय ५४.७६ अंकमा पुगेर बजार बन्द भएको छ । दिनभर २ सय २९ कम्पनिको २६ करोड २ लाख १ हजार १ सय १ कित्ता शेयर ९२ हजार १ सय ९२ पटक किनबेच हुदा ९ अर्ब ९ करोड ८० लाख २६ हजार छ सय २७ रुपैयाँको कारोबार भएको छ ।

आज म्चुअल फन्डबाहेक सबै समुह घटेर राताम्मे भएको छ । म्चुअल फन्ड ०.०२ अंकले बढेको छ । आज सबै भन्दा बढि निर्जिवन विमा समुहका लगानिकर्ताले गुमाएका छन । निर्जिवन विमा समुह आज २ सय ४०.७१ अंकले ओरालो लागेको छ । होटल एण्ड टुरीजम १ सय ६.८८ अंकले घटेको छ । त्यसैगरी जिवन विमा समुह २ सय ५४.६७ अंकले ओरालो लागेको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्