महालक्ष्मी विकास बैंकको २७ लाख ३ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचिकृत « Arthapath.com
२८ असार २०७८, सोमबार

महालक्ष्मी विकास बैंकको २७ लाख ३ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचिकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा महालक्ष्मी विकास बैंकको बोनस सेयर सूचिकुत भएको छ । महालक्ष्मी विकास बैंक लिमिटेडको ८.८० प्रतिशत बोनस बापतको २७ लाख ३ हजार ४ सय १३ दशमलव ९६ कित्ता सेयर सूचिकृत भएको हो ।

गएको आर्थिक वर्षको मुनाफाबाट बैंकले शेयरधनीहरुलाई ८.८० प्रतिशत बोनस सेयर र ०।४६ प्रतिशत नगद लाभांश गरी ९.२६ प्रतिशत गरि ९.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारीत गरेको थियो ।

साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनका लागि चैत्र ३ गतेदेखि बुकक्लोज गरेकाले चैत्र २ गते, सोमबारसम्म नेप्सेमा कारोबार भइ कायम रहेका शेयरधनीहरूले मात्र लाभांश पाउने छन ।

Tags :

प्रतिक्रिया दिनुहोस्