एचआईडिसीएलको हकप्रद बिक्री खुला, क -कसले पाउँछन आवेदन दिन ? « Arthapath.com
५ श्रावण २०७८, मंगलवार

एचआईडिसीएलको हकप्रद बिक्री खुला, क -कसले पाउँछन आवेदन दिन ?



काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) ले आज देखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ ।कम्पनीले एक सय रुपैयाँ अंकित दरका ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद निष्काशन गरेको हो ।

जेठ २७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका शेयरधनीले उक्त हकप्रदमा आवेदन दिन सक्ने छन ।हकप्रद निष्काशनका लागि एचआईडिसीएलले जेठ २८ गते शेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो।

एचआईडिसीएलको हकप्रद शेयरको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । हकप्रदमा ग्लोबल आइएमई क्यापिटल, ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत साउन २५ गतेसम्म आवेदन दिन सक्ने mकम्पनिले जनाएको छ ।

कम्पनिले ११ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको छ । हकप्रद निष्काशन तथा बाँडफाँटपछि कम्पनिको चुक्ता पूँजी २२ अर्ब पुग्ने छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्