सहकारीलाई प्राथमिकतामा राखेर खोप दिन्छौं : गृहमन्त्री खाँड « Arthapath.com
५ श्रावण २०७८, मंगलवार

सहकारीलाई प्राथमिकतामा राखेर खोप दिन्छौं : गृहमन्त्री खाँड



काठमाडौं । सहकारीका कर्मचारीलाई प्राथमिकतामा राखेर तत्काल खोप दिने व्यवस्था गर्नका लागि आवश्यक पहल गर्ने गृहमन्त्री बालकृष्ण खाँडले बताएका छन ।

‘बैंक तथा वित्तिय क्षेत्र जतिकै महत्व रहेको र किसानसम्म प्रत्यक्ष जोडिएको सहकारी क्षेत्रलाई यस सरकारले खोपमा प्राथमिकता दिने छ उनले भने ।’ सरकारले अहिले सबै जनताको स्वास्थ्यलाई महत्व दिएको बताउँदै संवेदनशिलताका आधारमा प्राथमिकतामा राख्दै खोप दिने योजना रहेको जनाएका छन ।

‘नेपालको अर्थतन्त्रमा सहकारीको महत्वलाई यस सरकारले बुझेको छ । सरकार सहकारीलाई महत्व दिएर अगाडि बढ्ने छ ।’ उनले राष्ट्रिय सहकारी महासंघको टोलीसँग सोमबार बिहान भएको भेटमा बताएका हुन ।

राष्ट्रिय सहकारी महासंघको सल्लाहकार समेत रहनुभएका गृहमन्त्री खाँडले सहकारीको विकास र विस्तारका विषयमा आवश्यक छलफल गरेर अगाडि बढ्ने बताए । उनले महासंघको सल्लाहकार समितिको बैठकमा आफू उपस्थित भएर आवश्यक छलफल गर्ने बताएका छन ।

महासंघका अध्यक्ष मिनराज कँडेल र वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले सहकारीका कर्मचारीले खोप नपाएका कारण जोखिम मोलेर सेवा दिनु परेको विषयलाई प्राथमिकता दिनुपर्ने विषयमा ध्यानआकर्षण गरेका थिए ।

गृहमन्त्री खाँडले सो विषयमा कर्मचारीहरु हुदै सबै सदस्यलाई समेत खोप दिने व्यवस्था गर्ने बताएका छन ।


प्रतिक्रिया दिनुहोस्