फेरी बढ्यो सुनको मुल्य, चाँदी घट्यो « Arthapath.com
५ श्रावण २०७८, मंगलवार

फेरी बढ्यो सुनको मुल्य, चाँदी घट्यो



काठमाडौं । आज मंगलबार नेपाली बजारमा सुनको मुल्य बढेको छ । आज सुन तोलामा ४ सय रुपैयँले बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९३ हजार २०० रुपैयाँ, तेजावी ९२ हजार ७०० रुपैयामा कारोबार भइरहेको छ ।
त्यसैगरी आज चाँदीको भाउ तोला मा १० रुपैयाँले घटेर प्रतितोलो १ हजार २८० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो सोमबार छापावाला सुन तोलाको २०० रुपैयाँले बढेर ९२ हजार ८०० रुपैयाँ, तेजावी ९२ हजार ३०० रुपैयाँ र चाँदी १ हजार २९० रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार सुन तोलामा ६ सयले घटेर छापावाला सुन प्रतितोला ९२ हजार ६ सय र तेजावि सुन प्रतितोला ९२ हजार १ सय रुपैयाँ र चाँदी तोलामा २५ रुपैयाले घटेर तोलामा १२ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

Tags :

प्रतिक्रिया दिनुहोस्