नेप्से पुनः नयाँ उचाई चुम्दै, दोहोरो अंकले बढ्दा कारोबार रकममा पनि बृद्धि « Arthapath.com
७ श्रावण २०७८, बिहीबार

नेप्से पुनः नयाँ उचाई चुम्दै, दोहोरो अंकले बढ्दा कारोबार रकममा पनि बृद्धि



काठमाडौं । नेपाल स्टक एक्स््सचेञ्ज (नेप्से) दोहारो अंकले बढेको छ । नेप्से घटबढ भईरहँदा साताको अन्तिम दिन भने बढेको हो । बिहीबार नेप्से परिसूचक २ हजार अंकभन्दा माथि उक्लिएको छ भने कारोबार रकम पनि ११ अर्बभन्दा बढि भएको छ ।

मंगलबार ९ अंकले करेक्शन भएको नेप्से बिहीबार भने १८.७५ अंक बढेर ३००४.३१ विन्दुमा बन्द भएको छ । बिहीबर नेप्से सेन्सेटिभ इण्डेक्स ४.०६ अंक, फ्लोट इण्डेक्स १.८६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८८ अंक बढेको हो ।

बिहीबार दिनभरि २२२ कम्पनीको ५ करोड ५९ लाख ६४ हजार कित्ता शेयर १ लाख १४ हजार ७७२ पटक किनबेच हुँदा ११ अर्ब ११ करोड ४१ लाख २१ हजार रुपैयाँको कारोबार भएको नेप्सेल जनाएको छ ।

बिहीबार लक्ष्मी उन्नती कोष, ङादी ग्रुप पावर, सिईडिबी हाइड्रोपावर, माउन्टेन हाइड्रो नेपाल, पोखरा फाइनान्स र लक्ष्मी इक्वीटी फण्डको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन् । बिहीबा समूहको परिसूचक उकालो लागेको छ भने बाँकी ८ उपसमूहको परिसूचक ओरालो लागेको छ ।


प्रतिक्रिया दिनुहोस्