कोरोनाबाट मृत्यु भएकालाई ज्योति लाईफद्वारा बीमितको घरमै गइ दावी भुक्तानी « Arthapath.com
७ श्रावण २०७८, बिहीबार

कोरोनाबाट मृत्यु भएकालाई ज्योति लाईफद्वारा बीमितको घरमै गइ दावी भुक्तानी



काठमाडौं । कोरोना संक्रमणबाट मृत्यु भएकालाई ज्योति लाइफले दावी भुक्तानी गरेको छ । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले कोरोना संक्रमणबाट मृत्यु भएका पाँगा निवासी श्रीकृष्ण महर्जन की श्रीमतीलाई घरमै गई दावी भक्तानी गरेको हो ।

ज्योति लाईफ इन्स्योरेन्समा ज्योति थ्रि ट्वेन्टी धन बहार जीवन योजना अन्तर्गतको बीमालेख शुरु गर्नु भएका श्रीकृष्ण महर्जनको मिति जेठ १ गते कोरोना संक्रमणको कारण मृत्यु भएको थियो । सोही बमोजिम कम्पनीले घरमा नै गई बीमितले इच्छाएको ब्यक्ती निजको श्रीमती रजिसा महर्जनले दावी भुक्तानीको लागी आवश्यक कागजातहरु संलग्न गरी निवेदन पेश गरेकी थिईन् ।

कम्पनीले आफ्नो दावी प्रक्रियाको सम्पूर्ण कारवाही सम्पन्न गरी किर्तिपुर शाखा प्रमूख शान्ता रिजालले रजिसा महर्जनलाई घरमै पुगी शर्त बमोजिम बीमाङ्क रकम बापत २० लाख रुपैयाँ दावी भुक्तानी गरेको हो ।


प्रतिक्रिया दिनुहोस्