आरविवि म्युचुअल फण्ड–१ को इकाई बाँडफाँड « Arthapath.com
८ श्रावण २०७८, शुक्रबार

आरविवि म्युचुअल फण्ड–१ को इकाई बाँडफाँड



काठमाडौं । आरविवि म्युचुअल फण्ड–१ को इकाई बाँडफाँड सम्पन्न भएको छ । आरविवि मर्चेण्ट बैंकिङले प्रतिइकाई १० रुपैयाँ अंकित दरको १० करोड इकाई असार २३ गतेदेखि २७ गतेसम्म निष्काशन गरेको थियो ।

उक्त योजनामा माग भन्दा बढी रकमको आवेदन परेकाले योजनाको आकार २५ प्रतिशत थप गरि १ अर्ब २५ करोड बराबरको १२ करोड ५० लाख ईकाई बाँडफाँड गरिएको हो ।

निष्काशन गरेको कुल इकाईमध्ये १ करोड ५० लाख इकाई कोष प्रवद्र्धक राष्ट्रिय वाणिज्य बैंकलाई र इकाई योजना व्यवस्थापक आरबिबि मर्चेण्ट बैंकिङ लिमिटेडलाई सुरक्षित गरी बााँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणको लागि विक्री गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्