गण्डकीमा थप ६ जना मन्त्रीले लिए शपथ « Arthapath.com
८ श्रावण २०७८, शुक्रबार

गण्डकीमा थप ६ जना मन्त्रीले लिए शपथ



काठमाडौं । गण्डकी प्रदेश सरकारले मन्त्रीपरिषद विस्तार गरेको छ । शुक्रबार गण्डकी प्रदेश सरकारका थप ६ जना मन्त्रीहरुले शपथ लिएका हुन् । गण्डकी प्रदेश सरकारले यसअघि सामाजिक विकास मन्त्री कुमार खड्का, युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे), स्वास्थ्य तथा जनसंख्यामन्त्री मधुमाया अधिकारी र ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री हरिशरण आचार्य बनिसकोक छन् ।

शुक्रबार ६ जना मन्त्रीहरुलाई गण्डकी प्रदेश प्रमुख सीता कुमारी पौडेलले सपथ गराएकी हुन् ।

कांग्रेसबाट विन्दुकुमार थापा आन्तरिक मामिला तथा कानुन मन्त्री, कुमार खड्का भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्री र मेषलाल श्रेष्ठले शिक्षा, संस्कृति, विज्ञान तथा सामाजिक विकासमन्त्री, पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा मणिभद्र शर्मा र माओवादी केन्द्रबाट रामजी बरालले अर्थ, दीपक चर्ती मगरले वन, वातावरण तथा भू–संक्षण र चन्द्रबहादुर बुढाले भूमि व्यव्स्था, कृषि सहकारी तथा गरिबी निवारण मन्त्रीको शपथ लिएका हुन् ।

तर, आफूहरुसँग भएको सहमति उलंघन भएको भन्दै जनता समाजवादीले नवनियुक्त मन्त्रीहरुको सपथ कार्यक्रम बहिस्कार गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्