भोलिदेखि लामो तथा मध्यम दूरीको सार्वजनिक यातायात खुल्ने « Arthapath.com
८ श्रावण २०७८, शुक्रबार

भोलिदेखि लामो तथा मध्यम दूरीको सार्वजनिक यातायात खुल्ने



काठमाडौं । भोलिदेखि लामो दूरीको सार्वजनिक यातायात खुल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गर्दै भोलिदेखि मध्यम र लामो दूरीको सार्वजनिक यातायात संचालन गर्न दिने भएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी निषेधाज्ञालाई थप खुकुलो तुल्याउँदै लामो दूरीको सार्वजनिक यातायात खुलाउने निर्णय गरेको हो । शुक्रबार आदेश जारी गर्दै काठमाडौं जिल्ला प्रशासनले लोकसेवा र विश्वविद्यालयका परिक्षार्थीको आवागमनलाई मध्यनजर गर्दै यस्तो निर्णय गरेको हो ।


प्रतिक्रिया दिनुहोस्