प्रभु क्यापिटलको समर डिम्याट स्किमः १ बर्षसम्म निशुल्क डिम्याट खाता र मेरो शेयर « Arthapath.com
१० श्रावण २०७८, आईतवार

प्रभु क्यापिटलको समर डिम्याट स्किमः १ बर्षसम्म निशुल्क डिम्याट खाता र मेरो शेयर



काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले डिम्याट सेवामा फरक ढंगबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । ग्राहकहरुलाई डिम्याट सेवा अन्तरगत नयाँ डिम्याट योजना “SUMMER DEMAT SCHEME” साउन १० गतेदेखि सञ्चालनमा ल्याएको छ ।

यस योजना अन्तरगत ग्राहकले १ वर्षका लागि डिम्याट “Free” खाता र मेरो शेयरप्राप्त गर्नुहुने हुनेछ । यो योजना श्रावण ३२ गते सम्म सञ्चालन हुनेछ ।

साथै यस योजना अन्तरगत प्रभु क्यापिटलमा पहिलै डिम्याट खाता हुने तथा नयाँ डिम्याट खाता खोल्नु भएका एवं खाता खोल्नलाई अनलाइनको माध्यमबाट आवेदन गर्नुभएका ग्राहकहरुले अरु १० जनालाई यस योजनामा रिफर गरी नयाँ डिम्याट खाता खोलाएमा थप १ वर्षको लागि डिम्याट खाता र मेरो शेयर निःशुल्क प्राप्त गर्नुहुनेछ ।

“SUMMER DEMAT SCHEME”

  • Demat account र MEROSHARE LOGIN निःशुल्क ।
  • साथीभाई तथा घरपरिवारमा रिफर गरी १० वटा नयाँ डिम्याट खाता खोलाएमा थप १ वर्षको लागि डिम्याट खाता र मेरो शेयर निःशुल्क ।

प्रभु क्यापिटलले नियमित कार्यालय समय तथा प्रभु बैंकको नेपालभरी रहेको शाखाबाट यो योजना अन्तरगत डिम्याट खाता खोल्न सक्नुहुनेछ । यसका साथै प्रभु क्यापिटलको अनलाइन डिम्याट एप्लिकेसन https://dematapply.prabhucapital.com बाट समेत डिम्याट खाताको आवेदन दिन सक्नुहुनेछ ।


प्रतिक्रिया दिनुहोस्