प्रतिकित्ता १२५ रुपैयाँमा किसान लघुवित्तले १३ लाख कित्ता एफपीओ बिक्री गर्ने, अनुमति माग्दै बोर्ड पुग्यो « Arthapath.com
१० श्रावण २०७८, आईतवार

प्रतिकित्ता १२५ रुपैयाँमा किसान लघुवित्तले १३ लाख कित्ता एफपीओ बिक्री गर्ने, अनुमति माग्दै बोर्ड पुग्यो



काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले सार्वजनिक निष्काशन (एफपीओ) जारी गर्ने भएको छ । लघुवित्तले १६ करोड २२ लाख ८२ हजार ४३६.२५ रुपैयाँ बराबरको एफपीओ निष्कासन गर्ने भएको हो ।

किसान लघुवित्तले एफपीओ निष्कासन तथा बिक्री गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो । एफएपीओ निष्कासनको अनुमति माग्दै किसान लघुवित्तले गत असार २९ गते धितोपत्र बोर्डमा आवेदन पेस गरेको हो ।

बोर्डले अनुमति दिएपछि प्रतिकित्ता १२५ रुपैयाँ अंकित दुरमा लघुवित्तले १२ लाख ९८ हजार २५९ कित्ता एफपीओ जारी गर्ने छ । एफपीओ प्रतिकित्ता १२५ रुपैयाँ तोकिएको छ।

लघुवित्तको एफपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । हाल लघुवित्तको चुक्ता पूँजी ३९ करोड २८ लाख रहेको छ भने एफपिओ जारी पश्चात चुक्तापूँजी ५२ करोड २६ लाख हुनेछ ।


प्रतिक्रिया दिनुहोस्