नेप्सेमा पहिलो पटक नयाँ रेकर्ड, बजार हरियाली हुँदा कारोबार रकम ह्वात्तै बढ्यो « Arthapath.com
१० श्रावण २०७८, आईतवार

नेप्सेमा पहिलो पटक नयाँ रेकर्ड, बजार हरियाली हुँदा कारोबार रकम ह्वात्तै बढ्यो



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मो नयाँ रकेर्ड कायम भएको छ । राजनीतिक उतारचढावले नेप्सेमा पनि उतारचढाव आइरहेको छ । कहिले घट्ने कहिले बढ्ने भैरहेको नेप्से साताको पहिलो दिन भने नयाँ रकेर्ड कायम गरेको हो । नयाँ सरकार गठन भएपछि लगानीकर्ता बजारमा आकर्षित हुन थालेका छन् । झनै अर्थमन्त्री जनार्दन शर्माले बजारमुखी अभिब्यक्ति दिएपछि पनि नेप्सेमा हरियाली छाउन थालेको हो । यसअघि पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार हुँदा नयाँ नयाँ रेकर्ड बनाउँदै आएको नेप्से प्रधानमन्त्री शेर बहादुर देउवा बनेसँगे पहिलो पटक नेप्सेमा नयाँ रेकर्ड बन्न पुगेको हो ।

आइतबार २ वटा समूहमा रातो देखिएको छ भने अरु सबै समूहमा हरियाली छाएको छ । पछिल्ला केही दिनयता नेप्से परिसूचक बढेसँगै कारोबार रकममा पनि बृद्धि हुँदै आएको छ । आइतबार नेप्से परिसूचक हालसम्म कै उच्च बिन्दुमा पुगेर नयाँ रेकर्ड बनाएको हो ।

आइतबार नेप्से परिसूचक ५४.३१ अंकले बढेर ३०५८.६४ अंकमा बन्द भएको छ । यो हालसम्म कै उच्च बिन्दु हो । यसअघि जेठ ३१ गते ३०२६ अंक नजिक पुगेको थियो ।

आइतबार नेप्से परिसूचकमा नयाँ रेकर्ड बनाएपनि कारोबारमा भने बनाउन सकेको छैन् । आइतबार दिनभरिमा २२३ कम्पनीको ४ करोड ३९ लाख ३९ हजार कित्ता सेयर १ लाख ३९ हजार पटक किनबेच हुँदा १४ अर्ब २३ करोड २४ लाख १७ हजार रुपैयाको कारोबार भएको छ । कारोबार रकममा पनि बृद्धि भैरहेकाले छिट्टै नै नयाँ उचाई कायम गर्न सक्ने सेयर विज्ञहरुले बताएका छन् ।

आइतबार बैंकिङ समूह ७१.१३ अंक, डेभलपमेन्ट बैंक समूह १३ अंक, फाइनान्स समूह २४.८६ अंक, हाइड्रो पावर समूह ७१.६० अंक, इन्भेष्टमेन्ट समूह ०.०४ अंक, जीवन बीमा समूह ३४.७२ अंक, म्यानुफ्याक्ट्रचरिङ समूह ६५.४२ अंक, माइक्रोफाइनान्स समूह ८६.०४ अंक, निर्जीवन बीमा समूह ४८.४२ अंक, अन्य समूह ६ अंक र ट्रेडिङ समूह २.७१ अंकले बढेको छ । त्यस्तै होटल तथा पर्यटन समूह २५.७७ अंक र म्यचुअल फण्ड समूह ०.२४ अंकले घटेको छ ।


प्रतिक्रिया दिनुहोस्