‘यसपालीको दशैं तिहार वेलकम टू हुण्डाई परिवार’ अफरको विजेताहरु घोषित « Arthapath.com
१२ श्रावण २०७८, मंगलवार

‘यसपालीको दशैं तिहार वेलकम टू हुण्डाई परिवार’ अफरको विजेताहरु घोषित



हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको ूयसपालीको दशैं तिहार WELCOME TO HYUNDAI परिवारू अफरको बम्पर विजेताहरुको नाम घोषणा गरेको छ ।

सो अफर अनुरुप हरेक नँया हुन्डाई गाडीको खरिदमा ग्राहकहरुले आकर्षक नगद छुट र एक वर्षको लागि निःशुल्क बीमा त्यसैगरी स्क्रयाच कार्ड मार्फत थप १ लाख सम्मको नगद छुट साथै यस कठिन समयमा स्वास्थकर्मीहरुको समर्पण र अथक सेवालाई ध्यानमा राखी सम्मान स्वरुप बिशेष प्याकेज तथा बम्पर उपहार अन्तर्गत लक्कि ड्र मार्फत १–१ जना विजेतालाई हुन्डाई GRAND i10 NIOS (Magna) र हुन्डाई AURA (S) जित्ने मौका थियो ।

‘यसपालीको दशैं तिहार WELCOME TO HYUNDAI परिवार’ अफरको विजेताको घोषणा HIMALAYA TV मा Live लक्की ड्र मार्फत श्रावण ११ गते सोमबार गरिएको थियो । सो कार्यक्रमको मुख्य अतिथिहरुमा कनज्युमर आई नेपालकी अध्यक्ष बिमला खनाल तथा पुर्व राष्ट्रिय फूटबल क्याप्टेन अनिल गुरुङ रहनु भएको थियो ।

‘यसपालीको दशैं तिहार WELCOME TO HYUNDAI परिवार’ अफर अनुरुप पहिलो बम्पर लक्की ड्र अन्तर्गत, कुपन नम्बर १४४५, मैतीदेवी, काठमाडौँका श्याम प्रसाद पौडेलले हुन्डाई GRAND i10 NIOS (Magna) जित्नु भएको छ ।

त्यसैगरी ‘यसपालीको दशैं तिहार WELCOME TO HYUNDAI परिवार’ अफरको दोस्रो तथा अन्तिम बम्पर लक्की ड्र अन्तर्गत, कुपन नम्बर १६१७, भरतपुर, चितवनका चेत नारायण सापकोटाले हुन्डाई AURA (S) जित्नु भएको छ ।

यस लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकवर्गको निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको छ र ‘यसपालीको दशैं तिहार WELCOME TO HYUNDAI परिवार’ योजना मार्फत पनि ग्राहकहरुलाई विभिन्न सेवा सुविधा प्रदान गर्ने लक्ष्य लिएको थियो । सो योजना २०७७ असोज ५ देखि मंसिर ५ सम्म लागु गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्