इजरायले माग्यो १ हजार नेपाली कामदार, मासिक २ लाख तलब « Arthapath.com
१२ श्रावण २०७८, मंगलवार

इजरायले माग्यो १ हजार नेपाली कामदार, मासिक २ लाख तलब



काठमाडौं । इजरायलले ठुलो संख्यामा नेपाली कामदार माग गरेको छ । इजरायलले पहिलो चरणमा ७ सय महिला र ३ सय पुरुष कामदार माग गरेको हो । वैदेशिक रोजगार विभागले एक सुचना जारी गदै १ हजार कामदार माग भएको जानकारी दिएको छ ।

इच्छुक योग्यता पुगेका आवेदकले सुचना जारी भएको २१ दिनभित्र विभागको वेभसाइट गएर आवेदन दिन सक्ने छन ।

उक्त सुचना अनुसार नेपाली कामदारले मासिक १ हजार ६ सय अमेरिकी डलर बराबरको तलब पाउने छन । उनीहरुले हप्तामा ६ दिन काम गनुपर्ने उक्त सुचनामा उल्लेख गरिएको छ ।ओभर टाइम र सेवासुविधा इजरायली सरकारको नियमअनुसार हुने छ । कामदारको बस्ने सुविधो रोजगारदाताले विदेशी कामदार सम्बन्धी नियमअनुसार व्यवस्था गर्नेछ भो खाने व्यवस्था आफैले गर्नुपर्ने उक्त सुचनामा उल्लेख छ ।

२५ वर्ष पूरा भएको र ४५ वर्ष ननाघेको नेपाली नागरिक केयर गिभरको रुपमा इजरायल रोनगारको अवसरमा जान सक्ने छन । उनीहरुले कम्तीमा दश कक्षा उत्तीर्ण गरी अनमी वा सिएमए सम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको वा कक्षा १२ वा सो सरहको शैक्षिक योग्यता हासिल गरी नेपाल सरकारबाट मान्यता प्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङ सम्बन्धी कम्तीमा तीन महिनाको तालिम प्राप्त गरेको हहुनुपर्ने छ ।

अंग्रेजी भाषाको ज्ञान भएको कम्तीमा १.५ मिटर (४ फिट ११ इन्च) उचाइ तथा ४५ केजी तौल भएको व्यक्तिलाई मात्र इजरायल जान योग्य हुने उक्त सुचनामा उल्लेख गरिएको छ ।इजरायल जाँदा लाग्ने भिसा शूल्क इजरायलकै रोजगारदाता कम्पनीले तिर्ने छन ।

Tags :

प्रतिक्रिया दिनुहोस्