एनएलजी इन्स्योरेन्सको १० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन « Arthapath.com
१३ श्रावण २०७८, बुधबार

एनएलजी इन्स्योरेन्सको १० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौं । एनएलजी इन्स्योरेन्सको १० प्रतिशत बोनस शेयर सुरक्षीत गर्ने आज अन्तिम दिन हो । इन्स्योरेन्सले १५ औं साधारण सभाका लागि साउन १४ गते शेयरधनी दर्ता किताब बुक क्लोज गर्ने छ ।

इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि ०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।इन्स्योरेन्सको लाभांश वितरण गर्ने प्रस्ताव साउन २१ गते बस्ने साधारण सभाले पारीत गर्ने छ ।

साधारण सभा प्रयोजनको लागि इन्स्योरेन्सले साउन १४ गते एक दिनका लागि शेयर धनी दर्ता किताब बन्द (बुकक्लोज) गर्ने निर्णय गरेको छ । आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लाभांश प्राप्त गर्न सक्नेछन् ।

इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ९ करोड ६३ लाख ७५ हजार ५०० रुपैयाँ छ । १० प्रतिशतका दरले १० करोड ९६ लाख ३७ हजार ५५० रुपैयाँ बराबरको बोनस शेयर वितरण पश्चात इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब २० करोड ६० लाख १३ हजार ५० रुपैयाँ पुग्नेछ ।

Tags :

प्रतिक्रिया दिनुहोस्