१३७३ जना कोरोना संक्रमणमुक्त भए, ३३६५ जनामा कोरोना संक्रमण « Arthapath.com
१४ श्रावण २०७८, बिहीबार

१३७३ जना कोरोना संक्रमणमुक्त भए, ३३६५ जनामा कोरोना संक्रमण



काठमाडौ । विहिबार थप ३ हजार ३ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, देशभर १४ हजार २४२ जनाको स्वाब परीक्षण गर्दा तीन हजार ३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ९ हजार ५५५ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार ३३५ र ४ हजार ६८७ जनाको एन्टिजेन परीक्षण गर्दा एक हजार ३० जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । यो संगै हालसम्म देशभर कोरोना संक्रमित हुनेको संख्या ६ लाख ९० हजार ६ सय ४२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ७३ जना कोरोना संक्रमणमुक्त भएका छन । यो संगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ५० हजार ४ सय ४५ पुगेको छ । हाल देशभर ३० हजार ३ सय ९० जना संक्रिय संक्रमित रहेका छन ।

त्यस्तैगरि वितेको २४ घण्टामा थप १६ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ । यो संगै कोरोना संक्तमणबाट ज्यान गुमाउनेको संख्या ९ हजार ८ सय ७ जना पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्