सामाजिक सुरक्षा कोष विरुद्दको मुद्दामा आज बहस हुँदै « Arthapath.com
१५ श्रावण २०७८, शुक्रबार

सामाजिक सुरक्षा कोष विरुद्दको मुद्दामा आज बहस हुँदै



काठमाडौं । सामाजिक सुरक्षा कोष विरुद्दको मुद्दामा आज बहस हुने भएको छ । बिहीबार पूर्ण इजलास गठन गरि बहस शुरु भएको भएपनि हेर्दा हेर्दैमा राख्दै शुक्रबारका लागी पेशी तोकिएको थियो । सोही बमोजिम आज पनि पुनः बहस हुनेछ ।

बिहीबार रिटमाथि पूर्ण इजलाशमा सुनुवाई सुरु भएको थियो तर बहस बहस नसकिएपछि हेर्दा हेर्दैमा राखिएको हो । मुद्दामा बहस नसकिएपछि शुक्रबारका लागी पेशी तोकिएको हो । बिहीबार न्यायधीशहरु अनिल कुमार सिन्हा, डा. अनिल चुडाल र नहकुल सुवेदी सम्मिलित पूर्ण इजलाशमा सुनुवाई भएको थियो ।

यसअघि न्यायाधिशद्धय तेज बहादुर केसी र बम कुमार श्रेष्ठको संयुक्त इजलाशमा राय बाझिएपछि मुद्दालाई पूर्ण इजलाशमा पठाएको थियो ।

बैंक तथा वित्तीय क्षेत्रका विभिन्न ६५ जना कर्मचारीहरुले कोष विरुद्ध सर्वाेच्चमा रिट दायर गरेका हुन् । सर्वाेच्चले रिटको प्रारम्भिक सुनुवाई गर्दै कोषको नाममा कारण देखाउ आदेश जारि गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्