डिशहोम फाइबरनेट सेवा जनकपूरमा विस्तार « Arthapath.com
१५ श्रावण २०७८, शुक्रबार

डिशहोम फाइबरनेट सेवा जनकपूरमा विस्तार



काठमाडौ । डिशहोम फाइबरनेट सेवा जनकपूरमा विस्तार भएको छ । काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, ईनरुवा, ईटहरी, बर्दिवास, बुटवल, धरान, ढल्केबर र बिराटनगर मा यस अघि नै डिशहोम फाइबरनेटको सेवा पुगिसकेको छ ।

समग्र नेपालमा पुग्ने लक्ष्य लिएको डिशहोम फाइबरनेट हाल जनकपूर पुगेको छ र छिटै नेपालका प्रमुख शहर पोखरा, नेपालगञ्ज, धनगढी, विर्तामोड, विरगंज लगायत अन्य स्थानमा पनि विस्तार हुने क्रममा रहेको डिसहोमले जनाएको छ ।

डिशहोमले फाइबरनेट देशबासिहरु माझ उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरि आफ्ना म्त्ज् प्रयोगकर्ताहरुको माग पूरा गर्न सन् २०२०मा डिशहोमले सुरु गरेको हो । फाइबरनेट प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्नें डिसहोमले जनाएको छ ।

डशहोम फाइबरनेटका साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभव सहित, डिशहोमका ग्राहकहरुका लागी डिशहोम टिभीको निःशुल्क सदस्यता, आकर्षक छुटहरु, निःशुल्क डिशहोम न्इ ब्उउ र ह्ख्इम् जस्ता विभिन्न सुविधाहरु उपलब्ध छन् । फाइबरनेटका योजनाहरु १० ःदउक देखि १०० ःदउक सम्म उपलब्ध हुने कम्पनिले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्