श्रृजनशील लघुवित्तको नाफामा ६ करोडले बढ्यो, अन्य सुचक कस्तो छ ? « Arthapath.com
१५ श्रावण २०७८, शुक्रबार

श्रृजनशील लघुवित्तको नाफामा ६ करोडले बढ्यो, अन्य सुचक कस्तो छ ?



काठमाडौं । श्रृजनशिल लघुवित्त वित्तीय संस्थाको नाफा ६ करोडले बढेको छ । लघुवित्ले सार्वएजनिक गरेको गत आवको चौथौ त्रैमासीक व्रित्तीय विवरण अनुसार गत आवको चौथो त्रैमासमा ६ करोड ५ लाख नाफा कमाएको छ । यो गत वर्षको तुलनामा ६ करोड बढि हो । अघिल्लो आवमा कम्पनीको नाफा १ करोड ३७ लाख ८१ हजार ऋणात्मक रहेको थियो ।

गएको आवमा ९ करोड ३५ हजार खुद ब्याज आम्दानी गरेको उक्त कम्पनीको नाफा गत आवमा वृद्धि भएर रू.१४ करोड ९५ लाख २६ हजार पुगेको छ । यो गत आर्थिक वर्षको तुलनामा ६६ प्रतिशतले बढि हो ।

नाफासंगै कम्पनिको खुद ब्याज पनि बढेको छ । कम्पनिले ४६ लाख ९० हजार खराज कर्जा समेत उठाउन सफल भएको छ ।चौथौ त्रैमाससम्ममा कम्पनिले १ अर्ब ८१ करोड ६२ लाख ६८ हजार कर्जा लगानि गरेको छ भने ६८ करोड १९ लाख ९९ हजार निक्षेप संकलन गरेको छ । कम्पनिले १ अर्ब ८ करोड ७९ लाख क्रण लगानि गरेको छ । लघुवित्तको चुक्तापूँजी ७ करोड पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्