यूनियन लाइफको आईपीओ लगानीकर्ताको खातामा जम्मा, पहिलो कारोबारका लागी कति पाउला ? « Arthapath.com
१७ श्रावण २०७८, आईतवार

यूनियन लाइफको आईपीओ लगानीकर्ताको खातामा जम्मा, पहिलो कारोबारका लागी कति पाउला ?



काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओ शेयरधनीहरुको डिम्याट खातामा जम्मा भएको छ । कम्पनीको आईपीओ लगानीकर्ताको हितग्राही खातामा जम्मा भएपछि दोश्रो बजारमा कारोबारका लागि ULI सिम्बोल पाएको छ ।

कम्पनीले ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको थियो । जसमा ३ लाख २२ हजार ५ सय कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लागनीकोष र बाँकी ५८ लाख ५ हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो ।

आइपीओमा २१ लाख ७२ हजार ८६८ जना आवेदकबाट ३ करोड ४३ लाख ६१ हजार ८२० कित्ताको लागि आवेदन परेको थियो । क्यापिटलका अनुसार २१ लाख १७ हजारको मात्रै आवेदन सदर भएको छ भने बाँकि आवेदक रद्द गरिएको छ ।

कम्पनीको पहिलो कारोबारका लागि प्रतिसेयर न्युनतम ११५ रुपैयाँ १३ पैसादेखि र अधिकतम ३४५ रुपैयाँ ३९ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना छ । नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ ।


प्रतिक्रिया दिनुहोस्