नेप्सेमा यूनियन लाइफको २ करोड १५ लाख कित्ता आईपीओ सूचीकृत « Arthapath.com
१७ श्रावण २०७८, आईतवार

नेप्सेमा यूनियन लाइफको २ करोड १५ लाख कित्ता आईपीओ सूचीकृत



काठमाडौं । नेप्सेमा यूनियन लाइफ इन्स्योरेन्सको आईपीओ सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आइतबार यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) सूचीकृत भएको हो ।

कम्पनीको २ करोड १५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । संस्थापकको १ करोड ५० लाख ५० हजार कित्ता र सर्वसाधारणको ६४ लाख ५० हजार कित्ता गरि कूल २ करोड १५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीलाई नेप्सेले (ULI) यूएलआई कारोबार संकेत प्रदान गरेको छ । पहिलो कारोबारका लागि न्यूनतम ११५.१३ रुपैयाँदेखि ३४५.३९ रुपैयाँ ओपनिङ रेन्ज तोकिएको छ ।

कम्पनीले ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको थियो । जसमा ३ लाख २२ हजार ५ सय कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लागनीकोष र बाँकी ५८ लाख ५ हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो ।

आइपीओमा २१ लाख ७२ हजार ८६८ जना आवेदकबाट ३ करोड ४३ लाख ६१ हजार ८२० कित्ताको लागि आवेदन परेको थियो । क्यापिटलका अनुसार २१ लाख १७ हजारको मात्रै आवेदन सदर भएको छ भने बाँकि आवेदक रद्द गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्