सक्रिय कोरोना संक्रमितको संख्या ३१ हजार २९८ जना, कति जना थपिए ? « Arthapath.com
१७ श्रावण २०७८, आईतवार

सक्रिय कोरोना संक्रमितको संख्या ३१ हजार २९८ जना, कति जना थपिए ?



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ८ हजार ४०२ पीसीआर परीक्षणमा १ हजार ९८१ र ४ हजार २३४ एन्टिजेन परीक्षणमा ५८७ जना गरी २ हजार ५६८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ९७ हजार ३७० जना पुगेका छन् ।

त्यस्तै, कोरोना संक्रमणका कारण थप १८ जनाको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ८७५ जना पुगेका छन् ।

त्यस्तै, कोरोना संक्रमणमुक्त भएर घर फर्किनेको २ हजार २० जना रहेका छन् । यो सहित नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ५६ हजार १९७ जना रहेका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार २९८ जना रहेका छन् ।

Tags :

प्रतिक्रिया दिनुहोस्