मेरो माइक्रोफाइनान्सको सबै सूचक चम्कियो, नाफामा १४५ प्रतिशतले छलाङ, जगेडा कोष २०२ प्रतिशतले बढ्यो « Arthapath.com
१८ श्रावण २०७८, सोमबार

मेरो माइक्रोफाइनान्सको सबै सूचक चम्कियो, नाफामा १४५ प्रतिशतले छलाङ, जगेडा कोष २०२ प्रतिशतले बढ्यो



काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा १४५.५१ प्रतिशत बढेर ४४ करोड ७२ लाख ३९ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा १८ करोड २१ लख ६६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

गत आवको असार मसान्तसम्म लघुवित्तको खुद ब्याज आम्दानी ७२.४६ प्रतिशतले बढेर ९० करोड १० लाख ३७ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा लघुवित्तले खुद ब्याज आम्दानी ५२ करोड २४ लाख ६७ हजार रुपैयाँ आर्जन गरेको थियो ।

समीक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा १०२.५२ प्रतिशत बढेर ५९ करोड ५ लाख १८ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा लघुवित्तको सञ्चालन मुनाफा २९ करोड १५ लाख ९० हजार रुपैयाँ रहेको थियो । लघुवित्तले ११ करोड ५१ लाख ५९ हजार रुपैयाँ खराब कर्जा उठाउन सफल भएको छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी यथावत रहेर १ अर्ब रुपैयाँ रहेको छ । जगेडा कोष २०१.९७ प्रतिशत बढेर ६३ करोड १२ लाख १० हजार रुपैयाँ, सापटी १५४.९४ प्रतिशत बढेर १० अर्ब ५ करोड ६७ लाख ३३ हजार रुपैयाँ, निक्षेप ५२.३५ प्रतिशत बढेर २ अर्ब ४१ करोड ६२ लाख ९० हजार रुपैयाँ र कर्जा १३६.४० प्रतिशत बढेर १३ अर्ब ६४ करोड ५९ लाख ८५ हजार रुपैयाँ रहेको छ ।

लघुवित्तको प्रतिशेयर आम्दानी अर्थात ईपीएस २६ रुपैयाँ ५१ पैसा बढेर ४४ रुपैयाँ ७२ पैसा छ । लघुवित्तको मूल्य आम्दानी अनुपात ३४.५७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६३ रुपैयाँ १२ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्