लक्ष्मी लघुवित्तको नाफा १९६.०१ प्रतिशतले उछाल, जगेडा १०८ प्रतिशत र सञ्चालन मुनाफा १९९ प्रतिशत बढ्यो « Arthapath.com
१९ श्रावण २०७८, मंगलवार

लक्ष्मी लघुवित्तको नाफा १९६.०१ प्रतिशतले उछाल, जगेडा १०८ प्रतिशत र सञ्चालन मुनाफा १९९ प्रतिशत बढ्यो



काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा १९६.०१ प्रतिशत बढेर १९ करोड ३१ लाख ९२ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा खुद नाफा ६ करोड ५२ लाख ६५ हजार रुपैयाँ आर्जन गरेको थियो ।

गत असार मसान्तसम्म लघुवित्तको खुद ब्याज आम्दानी ४६.२७ प्रतिशत बढेर ५० करोड ७७ लाख २१ हजार रुर्पयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३४ कोड ७१ लख २० हजार रुपैयाँ आर्जन गरेको थियो ।

समिक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा १९८.७९ प्रतिशत बढेर ३० करोड ५२ लाख ७९ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा लघुवित्तको सञ्चालन मुनाफा १० करोड २१ लाख ७२ हजार रुपैयाँ रहेको थियो । लघुवित्तले असार मसान्तसम्ममा सम्भावित जोखिम बापतको व्यवस्थामा ४०.७२ प्रतिशत घटाएर ६ करोड ५८ लाख १८ हजार रुपैयाँ छुट्याएको छ ।

समीक्षा अवधिसम्म लघुवित्तको चुक्ता पूँजी स्थिर रहेर ३२ करोड ४५ हजार रुपैयाँ, जगेडा कोष १०७.८८ प्रतिशत बढेर ३६ करोड ४३ लाख रुपैयाँ, सापटी ४९.४१ प्रतिशत बढेर ३ अर्ब ७० करोड ५६ लाख ९२ हजार रुपैयाँ, निक्षेप ३६.१० प्रतिशत बढेर २ अर्ब ६ करोड ९२ लाख ४२ हजार रुपैयाँ र कर्जा ४५.२७ प्रतिशत बढेर ६ अर्ब १६ करोड ३६ लाख ६१ हजार रुपैयाँ रहेको छ ।

लघुवित्तको प्रतिशेयर आम्दानी अर्थात ईपीएस ३९ रुपैयाँ ९७ पैसा बढेर ६० रुपैयाँ ३६ पैसा छ । लघुवित्तको मूल्य आम्दानी अनुपात ३७.९४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २१३ रुपैयाँ ८३ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्