मौद्रिक नीति आउने निश्चित भएपछि सेयर बजारमा बन्यो नयाँ रेकर्ड, साढे ११ अर्ब रुपैयाँको कारोबार « Arthapath.com
१९ श्रावण २०७८, मंगलवार

मौद्रिक नीति आउने निश्चित भएपछि सेयर बजारमा बन्यो नयाँ रेकर्ड, साढे ११ अर्ब रुपैयाँको कारोबार



काठमाडौं । सेयर बजारमा नयाँ रकेर्ड कायम भएको छ । निरन्तर बढिरहेको बजारमा मंगलबार भने नयाँ उचाई कायम गरेको हो । अलटाईम हाइ रहेको नेप्सेले मंगलबार नयाँ रेकर्ड बनाएको हो ।

राष्ट्र बैंकको मौद्रिक नीति सार्वजनिक गर्न ढिलाई भएका बेला सेयर बजारमा भने नयाँ उचाइ गर्न सफल भएको हो । हिजो अस्ति सामान्य अंकले बढ्दै आएको नेप्से राष्ट्र बैंकले अर्काे साताको आइतबारसम्म मौद्रिक नीति सार्वजनिक गर्ने तयारी थालेसँगै सेयर बजारले पनि ऐतिहासिक उच्च बिनदुमा पुगेको बताइएको छ । मौद्रिक नीतिमा बजारमैत्रि कुराहरु समेटिने आशंकाले पनि लगानीकर्ता आकर्षित भएका देखिन्छन् ।

मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २६.०२ अंकले बढेर ३१११.०९ अंकमा बन्द भएको हो । यो हालसम्म कै उच्च बिन्दु हो । यसअघि गत बुधबार ३०९४.९४ अंक पुगेर नयाँ रेकर्ड बनाएको थियो । उक्त रेकर्ड ब्रेक गर्दै आज नयाँ रेकर्ड बनाएको हो ।

परिसूचकमा नयाँ उचाइ हासिल गरेतापनि कारोबार रकम भने साढे ११ अर्ब रुपैयाँको मात्रै भएको छ । मंगलबार दिनभरि २२३ कम्पनीको २ करोड ११ लाख २५ हजार कित्ता सेयर १ लाख ६ हजार पटक किनबेच हुँदा ११ अर्ब ५२ करोड ५३ लाख २ हजार रुपैयाँको कारोबार भएको छ ।

मंगलबार २ वटा समूह बाहेक अन्य सबै समूहमा हरियाली छाएको छ । मंगलबार विकास बैंक समूह २.३६ अंक र म्युचुअल फण्ड समूहको ०.१२ अंकले घटेको छ ।

त्यस्तै, बैंकिङ समूह २.३४ अंक, फाइनान्स समूह १०.४२ अंक, होटल तथा पर्यटन समूह १२.२८ अंक, जलविद्युत समूह ६६.८४ अंक, इन्भेष्टमेन्ट समूह ०.२१ अंक, जीवन बीमा समूह ११९.२८ अंक, उत्पादन समूह ४१.७९ अंक, माइक्रोफाइनान्स समूह २२१.५७ अंक, निर्जीवन बीमा समूह ६०.९२ अंक, अन्य समूह २५.२२ अंक र ब्यापार समूह १०१.३८ अंकले बढेको छ ।


प्रतिक्रिया दिनुहोस्