माथिल्लो तामाकोशीले विहीबारबाट व्यवसायिक उत्पादन थाल्ने, प्रणालीमा ३०४ मेगावाट थपियो « Arthapath.com
१९ श्रावण २०७८, मंगलवार

माथिल्लो तामाकोशीले विहीबारबाट व्यवसायिक उत्पादन थाल्ने, प्रणालीमा ३०४ मेगावाट थपियो



काठमाडौं । माथिल्लोे तामाकोशी जलविद्युत् आयोजनाले आगामी बिहीबार (२१ साउन)बाट व्यवसायिक रुपमा विद्युत् उत्पादन गर्ने भएको छ । हाल परीक्षणको रुपमा ४ वटा युनिटबाट विजुली उत्पादन गरिरहेको उक्त आयोजनाले २ दिनपछि ७६ मेगावाट नै विद्युत् उत्पादन शुरू गर्न लागेको हो ।

सरकारले राष्ट्रिय गौरवको आयोजनामा समेटेको यो तामाकोशी ४५६ मेगावाट जडित क्षमताको आयोजना हो । आयोजनाको परीक्षण उत्पादन सफल भएपछि अब पहिलो युनिटबाट उत्पादीत ७६ मेगावाट विजुलीलाई व्यवसायिक उत्पादनमा बदल्न लागिएको हो ।

आयोजनाका प्रवक्ता डाक्टर गणेशप्रसाद न्यौपानेका अनुसार हिजो (१८ साउन)देखि चाैंथो युनिटबाट पनि परीक्षण उत्पादन शुरु भएको छ । चौथो युनिट सञ्चालनमा आएसँगैै हाल राष्ट्रिय प्रसारण लाईनमा माथिल्लो तामाकोशीबाट ३०४ मेगावाट विजुली थपिएको छ ।

यसअघि पहिलो युनिट असार २१ गते, दोस्रोबाट असार २९ गते र तेस्रो युनिटबाट साउन ८ गतेदेखि परिक्षण उत्पादन थालिएको थियो । भदौ महीनाभित्र ६ वटै युनिट सञ्चालनमा ल्याउने आयोजनाका प्रवक्ताले जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्