थप ३ हजार ३८३ जनामा कोरोना पुष्टि, २४ जनाको मृत्यु, सक्रिय संक्रमित कति ? « Arthapath.com
१९ श्रावण २०७८, मंगलवार

थप ३ हजार ३८३ जनामा कोरोना पुष्टि, २४ जनाको मृत्यु, सक्रिय संक्रमित कति ?



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ३८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १० हजार ६३८ नमुनाको पीसीआर परीक्षणमा २ हजार ४४८ र ६ हजार ८० एन्टिजेन परीक्षण गर्दा ९३५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कूल कोरोना संक्रमितको संख्या ७ लाख २ हजार ९७ जना पुगेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ । योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ९२२ जना पुगेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा १ हजार ९९४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ६० हजार ११६ जना पुगेका छन् । हाल देशभर सक्रिय संक्रमितमध्ये २९ हजार २२ जना होम आइसोलेसनमा रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्