शाओमी फच्र्यून ग्लोबल ५०० मा ३३८ औं स्थानमा उक्लियो « Arthapath.com
२० श्रावण २०७८, बुधबार

शाओमी फच्र्यून ग्लोबल ५०० मा ३३८ औं स्थानमा उक्लियो



काठमाडौँ, । शाओमी सन् २०२१ को र्यांकिगमा ३३८ औँ स्थानमा उक्लिदै लगातार तेस्रो बर्ष फच्र्यून ग्लोबल ५००को सूचीमा परेको छ । यसले २०२० मा ४२२ औं स्थानको तुलनामा ८४ स्थानको महत्वपूर्ण अग्रता हासिल गरेको छ । यसको २०२१ को र्यांकिगले यसलाई इन्टरनेट र रिटेल श्रेणी मा सबैभन्दा छिटो बृद्धि गर्ने कम्पनीको रुपमा स्थापित गरिएको छ र यस वर्षको फच्र्यून ग्लोबल ५०० को सूचीमा सामेल भएको हो ।


विगतका उपलब्धिहरुको तुलनामा, म धेरै हाम्रो सम्भावित बृद्धिमा धेरै केन्द्रित रहेको छु । शाओमी अझै पनी प्रेरणाको पूर्ण रुप बोकेको एक युवा महत्वाकांक्षी कम्पनी हो । मँ विश्वभरि हाम्रा शाओमीका प्रशंसकहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु किनकि तपाइँहरुको अटल समर्थनले हाम्रो शाओमीलाई यति जीवन्त र ऊर्जावान बनाउन मद्दत गरेको छ । मलाई लाग्छ कि शाओमीको लागी कुनै पनि सीमा छैन र म विश्वस्त छु कि मानिसहरुले भविष्यमा अझ एक बलियो, अधिक शक्तिशाली शाओमी देख्नेछन्, र हामीले अर्को वर्ष फर्च्यून ग्लोबल ५०० सूची मा धेरै उत्कृष्ट रेकर्ड हासिल गर्नेछौँ । ” शाओमीका संस्थापक, अध्यक्ष र सीईओ लेई जूनले बताए ।

शाओमीको आय रिपोर्ट अनुसार, शाओमीको कुल राजस्व सन् २०२० मा आरएमबी २४५.९ बिलियन थियोे, जसले शाओमीलाई २०२१ को फच्र्यून ग्लोबल ५००को सूची मा ३३८ औं स्थानमा उकाल्यो । २०२१ मा, शाओमी छिटो बृद्धिको एक बलियो गतिमा रहेको छ । यसले बजारको अपेक्षाहरुलाई पार गर्दै रेभेन्यू र नेट प्रोफिटको मामिलामा विस्फोटक वृद्धि गरेको छ ।


प्रतिक्रिया दिनुहोस्