एनएलजी इन्स्योरेन्सको साधारण सभाले १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारीत गर्यो « Arthapath.com
२१ श्रावण २०७८, बिहीबार

एनएलजी इन्स्योरेन्सको साधारण सभाले १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारीत गर्यो



काठमाडौ । एनएलजी इन्स्योरेन्सको साधारण सभाले १० प्रतिशत बोनस शेयर र उक्त बोनस शेयरको कर प्रयोजनको लागि ०.५२६३ प्रतिश नगद लाभांश वितरण गर्ने प्रस्ताव पारीत गरेको छ ।

इन्स्योरेन्सको आज सम्पन्न भएको १५ औं साधारण सभाले संचालक समितिको बार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्ष परिवेदन सहितको लेखापरिक्षण गरिएको २०७७ साल अषाढ मसान्तसको वासलात नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण तथा सो संग सम्बन्धीत अनुसुचीहरु अन्य बिषयसुचीहरु अनुरुप छलफल भई पारीत गरेको छ ।

कम्पनिले आर्थिक वर्ष २०७६/७६ मा १ अर्ब ८० करोड ७ लाख रुपैयाँ कुल बिमा शुल्क आम्दानी गरेको छ । भने ६४ करोड ६४ लाख खुद बिमा शुल्क आम्दानी गरेको छ । इन्स्योरेन्सको खुद नाफा २६ करोड २६ लाख रुपैयाँ पुगेको कम्पनिले जनाएको छ ।

इन्स्योरेन्सको कुल लगानि २ अर्ब ३ज्ञ करोड ८ लाख पुगेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ९ प्रतिशतले बढेको हो । कम्पनिको सबै सुचकमा सकारात्मक परिवर्तन भएको छ । कम्पनिको कुल कारोबार ८ प्रतिशतले उकालो लागेको छ । कम्पनिको चुत्ताँ पुजी १ अबर ९ करोड ६३ लाख ७५ हजार ५ सय रहेको छ ।

साधारणसभा प्रयोजनका लागि साउन १४ गते एक दिन बुक क्लोज गरेको थियो । त्यसकारण साउन १३ गतेसम्म कायम शेयरधनीले १० प्रतिशत बोनस शेयर पाउने छन ।


प्रतिक्रिया दिनुहोस्