भूमि आयोग खारेजको निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर « Arthapath.com
२२ श्रावण २०७८, शुक्रबार

भूमि आयोग खारेजको निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर



काठमाडौं । भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने सरकारले गरको निर्णय बदर गर्न माग गदै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गर्न माग गर्दै आज अधिवक्ता प्रवेश केसीले सर्वोच्चमा रिट दर्ता गराएका हुन ।

केसीले दर्ता गरेका रिटमाथिको सुनुवाइका लागि साउन २५ गते आइतवारको लागि पेशी तोकिएको छ ।

उक्त रिटमा आयोग विघटन संवैधानिक र कानूनी दुवै हिसाबले गलत रहेको र संविधानले ग्यारेन्टी गरेको भूमि सम्बन्धी र दलितको हक सम्बन्धी मौलिक हकको विपरीत रहेको उल्लेख गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्