सरकारी कम्पनीहरू सबैजसो घाटामा जाने तर बैंकिङ सबै नाफामा जाने कसरी भयो ? « Arthapath.com
२४ श्रावण २०७८, आईतवार

सरकारी कम्पनीहरू सबैजसो घाटामा जाने तर बैंकिङ सबै नाफामा जाने कसरी भयो ?



मनाेज ज्ञवाली

सरकारी संस्थान सबैजसो घाटामा जाने, सरकारी कम्पनीहरू सबैजसो घाटामा जाने तर बैंकिङ सबै नाफामा जाने कसरी भयो ? हुदा हुंदा अब त डुब्छन भनेर IMF को सहयोग समेत लिनुपरेका र नेटवर्थ नै नकारात्मक हुन लागेका सरकारी बैंक समेत अर्बौ नाफा मा जान थाले । यो त झन हुदै भएन।

रातदिन मेहनत गर्ने कर्मचारी, संस्थाको प्रगतिको लागी रणनीति लिने संचालक समिति, ‘संस्थाको हित पहिले’ सोचको साथ काम गर्ने पद्दती, न दुई नम्बरी धन्दा न त दुई चार प्रकारका खाता बनाउने अनी पारदर्शी बित्तीय विबरण जारी गर्ने व्यबस्था, पुजीकोष नै अरबौ लगाउदा नाफा केहि अरब हुने, नेपाल राष्ट्र बैंक जस्तो नियामकले गर्ने निरन्तर अनुगमन ले गर्दा बैंकहरु घाटामा गएको देखिदैनन भन्ने ‘लजीक’ मात्र लगाएर हुन्छ ?

सर्टिफिकेट को आधारमा पैसा बाडौं, कार्यकर्ताहरूलाई बाड्न लगाऔ, start up मा लगानीको जोखिम पनी यसै बैंकिङलाई दिउं- सरकारी पहल किन गर्ने ? राजनीति लथालिङ्ग, देश लथालिङ्ग, सरकारी संस्थानहरु अपवाद बाहेक लथालिङ्ग हुदा अरबौं नाफा देखाउने बैंकिङलाई तह लाउनै पर्छ। पहिला कुनै कुनै बैंक तथा बित्तीय संस्था समस्याग्रस्त हुन्थे या डुब्थे त कसैले 100% सम्म लाभांश दिन्थे।

अहिले त सबै एकनासले प्रगति गर्छन सबलाई ठिक पारौं । मेहनत गर्ने ? घुस बेइमानी गर्न फिटिक्क छैन पारदर्शी बित्तीय बिबरण छाप्ने ! यो राष्ट्र बैंक को नियमन र अनुगमन नी कति प्रभावकारी भएका ।

सबै तिर लथालिङ्ग हुंदा नी एकनासले ‘राम्रो’ गर्ने। ‘बकुल्लाहरूको बथानमा हांस झै नमिल्ने’ यीनलाई ठिक पार्नुपर्छ। …खै के अध्ययन रै छ अनी कस्तो सोच रैछ..कुन शिर्षकको नाटक मञ्चन हुदै रैछ..नेपथ्यमा रिहर्सल चलिरहेको छ सायद ..आवाज हल्का हल्का यस्तै सुनिन्छ।

लेखक मनोज ज्ञवाली नबिल बैंकका डिजीएम हुन् ।(मनोज ज्ञवालीले सामाजिक सञ्जालमा लेखेका हुन् ।)


प्रतिक्रिया दिनुहोस्