किरन गजमेर ‘भ्वाइस अफ नेपाल सिजन ३’ विजेता « Arthapath.com
२४ श्रावण २०७८, आईतवार

किरन गजमेर ‘भ्वाइस अफ नेपाल सिजन ३’ विजेता



काठमाडौं । रियालिटी सो द भ्वाइस अफ नेपाल सिजन–३ को विजेता किरन गजमेर बनेका हुन् । शनिवार राति भएको फाइनलमा उनी भ्वाइस अफ नेपाल सिजन ३ को उपाधि आफ्नो नाममा पार्न सफल भएका हुन् । टिम प्रमोद खरेलबाट उनले ट्रफि जितेका हुन् ।

यसअघि अन्तराष्ट्रिय फ्रेनचाइज शो ‘द भ्वाइस’ सिजन २’ को उपाधी राम लिम्बुले जितेका थिए ।

किरण गजमेर टिम प्रमोदबाट फाइनलमा प्रवेश गरेका हुन्। उनले सेमि फिनालेमा सिक्किमका रवि गहतराजलाई पछाडि पार्दै फाइनलमा पुगेका हुन्। रवि र किरणबिच कडा प्रतिस्पर्धा चलेको थियो। तर कार्यक्रमको नियमअनुसार एकजना बाहिरिनु पर्ने थियो। जसमा रविले किरणको भन्दा कम भोट पाएर बाहिरिएका थिए।

किरणले ब्लाइन्ड अडिसनमा गायक सुजन चापागाईको ‘तिनपाते’ गीत गाएर चारै जनाको कोचलाई घुमाउन सफल भएका थिए। ब्लाइन्ड राउण्डदेखि नै किरणले निकै प्रशंसा तथा फ्यानको साथ र माया पाएका छन्।

हाल अमेरिकामा बस्दै आएका किरण झापाको खुदुनाबारी शिविरमा जन्मेका हुन्। उनका बुवा भुटानबाट लखेटिए पछि मुलथलो नेपाल पुगेका थिए। किरणको बाल्यकाल खुदुनाबारी शिविरमा बितेको हो। अमेरिका लगायत विभिन्न ८ देशले आफूहरुले संरक्षण दिने भनेपछि किरण १४ वर्षको उमेरमा परिवारसहित अमेरिका पुगेका थिए।


प्रतिक्रिया दिनुहोस्