बुद्धभुमि हाइड्रोपावरको आईपीओ साउन ३२ देखि आउने, कसले दिन पाउँछन् आवेदन ?
काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले साउन ३२ गतेदेखि प्रभावित स्थानिय नुवाकाेट जिल्लावासीलाई आईपीओ बिक्री खुला गर्ने भएको छ । साउन ३२ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा संस्थापक शेयरधनीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका १२ लाख कित्ता साधारण शेयरमध्ये ४ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्र नुवाकोट जिल्लाका बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो ।
लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल रहेको छ । आईपीओमा ज्योति विकास बैंक, प्रभु बैंक र सिभिल बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले आईपीओमा छिटोमा भदौ १४ गते र ढिलोमा भदौ २९ गतेसम्म आवेदन दिनसक्नेछन् ।