एनआईसी एशिया डाईनामिक डेप्ट फण्डको बुक क्लोज साउन २८ गते « Arthapath.com
२४ श्रावण २०७८, आईतवार

एनआईसी एशिया डाईनामिक डेप्ट फण्डको बुक क्लोज साउन २८ गते



काठमाडौँ । एनआईसी एशिया डाईनामिक डेप्ट फण्डले साउन २८ गते बुक क्लोज मिति तोकेको छ । एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईसी एशिया बैंक कोष प्रवद्र्धक रहेको फन्डले असार २८ गते १ दिन बुक क्लोज गर्ने निर्णय भएको जनाएको छ ।

साउन १५ गते बसेको सञ्चालक समितिको बैठकले एनआईसी एशिया डाइनामिक डेप्ट फण्डका इकाईधनीहरुलाई कर सहित १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

तसर्थ साउन २७ गतेसम्म नेप्सेमा कारोबार भई कायम इकाईधनीहरुले १० प्रतिशत लाभांश पाउने छन ।


प्रतिक्रिया दिनुहोस्