गुराँस लाइफ इन्स्योरेन्सको ५.७८ प्रतिशत लाभांश घोषणा
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । हिजो बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट ५.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२८ प्रतिशत नगद गरी ५.७८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
कम्पनिले घोषणा गरेको उक्त लाभांश बीमा समितिले अनुमोदन गरेपछि अगामि वार्षिक साधारण सभाले पारीत गरेपछि शेयरधनीहरुले पाउने छन ।